✦ फस्कुको पाखामा श्री कुम्भेश्वर कृषक समुहको कीवीको यात्रा ✦
शैलुङ्गको प्राकृतिक माटो र हावापानीमा सुरु भएको हाम्रो किवी खेती मेहनत, गुणस्तर र प्रकृतिप्रतिको सम्मानसँगै अघि बढिरहेको छ।
फस्कुको प्राकृतिक वातावरणमा उत्पादित
हाम्रो कुम्वेश्वर कृषक समूह अवस्थित क्षेत्र प्राकृतिक सौन्दर्य र अनुकूल हावापानीले परिपूर्ण पहाडी भू-भाग हो। नेपालको दोलखा जिल्लास्थित शैलुङ्ग गाउँपालिका वडा नं. ६, फस्कुमा यो समूह सक्रिय रूपमा क्रियाशील छ। यहाँको भौगोलिक बनावट, हावापानी र माटोको प्रकार किवि खेतीका लागि अत्यन्तै उपयुक्त मानिन्छ। विशेष गरी पहाडी क्षेत्रको विशिष्ट जलवायुले गर्दा यहाँ उत्पादित किविफल उच्च गुणस्तरीय, स्वादिलो र पौष्टिक तत्त्वले भरिपूर्ण हुने गर्दछ।
श्री कुम्वेश्वर कृषक समूहको परिचय
श्री कुम्वेश्वर कृषक समूहको स्थापना २०७४ साल साउन १९ गते २५ जना उत्साही कृषकहरूको आबद्धतामा भएको हो। स्थापनाकालदेखि नै यस समूहले यस क्षेत्रमा आधुनिक र व्यावसायिक कृषिलाई प्राथमिकता दिँदै आएको छ। २०७४/०७५ सालदेखि यस समूहले व्यावसायिक रूपमा किवि खेतीको थालनी गरेको हो।
हाल यस समूहमा आवद्ध २२ वटा घरधुरीले सामूहिक तथा व्यावसायिक रूपमा किवि खेती विस्तार गरिरहेका छन् भने अन्य सदस्यहरूले आलु खेतीसमेत गर्दै आएका छन्। कृषकहरूको आयस्तर वृद्धि गर्ने, स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने र देशलाई पौष्टिक फलफूलमा आत्मनिर्भर बनाउने मुख्य उद्देश्यसहित यो समूह अगाडि बढिरहेको छ।
“प्रकृतिको चिसो काखमा हुर्किएको स्वाद, किसानको मेहनतले सजिएको पहिचान।”
शैलुङ्गको माटोदेखि तपाईंको घरसम्म
उत्कृट र स्वादिलों श्री कुम्भेश्वर कृषक समुहको कीवी
सुरुवात
शैलुङ्गबाट यात्रा
दोलखा जिल्लास्थित शैलुङ्ग गाउँपालिका , फस्कुको चिसो हावापानी र प्राकृतिक वातावरणमा किवी उत्पादन गर्ने यात्राको सुरुवात भयो।
खेती
प्राकृतिक खेतीमा जोड
किवीको प्राकृतिक स्वाद र गुणस्तरलाई प्राथमिकता दिँदै स्वच्छ तथा प्राकृतिक खेती प्रक्रियामा विशेष ध्यान दिइँदै आएको छ।
विस्तार
प्रबिधि सँग सहकार्य
स्थानीय किसानको मेहनत र उत्पादनलाई प्रोत्साहन गर्दै गुणस्तरीय किवीको उत्पादन तथा बजार विस्तारमा निरन्तर काम गरिरहेका छौँ।
तपाईंको घरसम्म
बजारिकरण
स्थानीय किसानको मेहनत गुणस्तरीय किवीको उत्पादन गरी प्रत्यक्ष उपभोक्ताको हात सम्म पुराउन बजार विस्तारमा निरन्तर काम गरिरहेका छौँ।
प्राङ्गारिक किवी उत्पादन
0
%
स्थानीय किसानसँग सहकार्य
0
+
वर्षको किवी उत्पादन अनुभव
0
+
हाम्रो उद्देश्य
शैलुङ्गको स्वाद, देशभर
शैलुङ्ग फस्कुको प्राकृतिक वातावरणमा उत्पादित गुणस्तरीय किवीलाई देशका विभिन्न घरपरिवारसम्म पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो। प्राकृतिक हावापानीमा हुर्किएको किवीको मौलिक स्वाद र ताजापनलाई कायम राख्दै स्वच्छ तथा सुरक्षित रूपमा ग्राहकसम्म पुर्याउने प्रयास गर्दै आएका छौँ। यससँगै नेपाली किसानको मेहनत, सीप र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै किवी खेती तथा यसको बजार विस्तारमा योगदान पुर्याउने हाम्रो निरन्तर प्रयास रहेको छ। किसानदेखि ग्राहकसम्मको यस यात्रामा गुणस्तर, विश्वास र प्राकृतिक उत्पादनलाई प्राथमिकतामा राख्दै शैलुङ्ग फस्कुको किवीको पहिचानलाई अझ व्यापक बनाउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ।
किवीको ताजगीसँग जोडिनुहोस्
ताजा किवी, उत्पादनका जानकारी र अर्गानिक खेतीसम्बन्धी
उपयोगी जानकारी प्राप्त गर्नुहोस्।